लोकसेवाको कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटमा एकै पटक सुनुवाइ हुने

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले लोक सेवा आयोगले खुलाएको कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटलाई एकै पटक सुनुवाइ गर्न आदेश दिएको छ ।

भर्नासम्बन्धमा विभिन्न चार वटा मुद्धाका साथै कर्मचारीले पनि मुद्धा हालेकाले सबै मुद्धा एकै ठाउँमा राखेर पेशी चढाउन आदेश दिएको हो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

यी चार निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement