सेयर बजारमा केही सुधार, युनिलिभरको सेयर २९३ रुपियाँले घट्यो

Advertisement

काठमाडौं । सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ । सेयर बजार परिसुचक नेप्से पाँच दशमलव ९० अंकले बढेर एक हजार २६४ पार भएको छ भने ३७ करोड ५३ लाख रुपियाँको सेयर किनबेच भएको छ ।

आज धेरै कारोबार गर्ने शिवम सिमेन्ट्सको तीन करोडभन्दा बढिको कारोबार छ भने दोस्रोमा एनसीसी बैंकको दुई करोड ६१ लाख रुपियाँ छ । नाफा धेरै गर्नेमा चाहीं गराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् भने घाटा धेरै खानेमा रिलायन्स फाइनान्सका लगानीकर्ता छन् ।

आज वित्त, निर्जीवन बीमा र उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सुचकहरुमा वृद्धि भएको छ । बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ६१ प्रतिशतले बढेको छ । आज युनिलिभर लिमिटेडको सेयर ३९३ रुपियाँले घटेको छ ।

Advertisement

Advertisement

Advertisement