खानेपानी मन्त्री भन्छिन्ः मेलम्चीलाई पर्याप्त बजेट छुट्टाएको छु

Advertisement

काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले सात अर्ब ३८ करोण ९५ लाख बजेट व्यवस्थापन गरिएको बताएकी छिन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै मन्त्री मगरले अवरुद्ध मेलम्ची आयोजनाको निर्माण कार्य अघि बढेको बताएकी हुन् ।

उनले निर्माण कार्य अगाडी बढेको भन्दै यस अन्तर्गतका बाँकी निर्माण कार्यलाई दुई वटा मुख्य प्याकेज र आठ ओटा सहायक प्याकेज रहने गरी ठेक्का ब्यवस्थापन गरिसकेको बताईन् ।

उनले हेडवर्कस निर्माण कार्यका लागि एक अर्ब २३ करोड ३१ लाख, सुरुङ्गको बाकि निर्माण र फिनिसिङ्गका लागि ९५ करोड ९७ लाख र अन्य आठवटा सहायक प्याकेजका लागि ४३ करोड ६४ लाख गरि प्रथम चरणको बाकि निर्माण कार्यको लागत दुई अर्ब ६२ करोड ९२ लाख रहने जानकारी दिईन् ।

साथै दोस्रो चरण अन्तर्गतका एनेलार्के नदिबाट थप ३४ करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने कार्यको परमार्श सेवा, संरचना निर्माण, जग्गा प्राप्ति लगायतका कार्यका लागी यथेस्ट बजेट विनियोजित गरिएको छ ।

Advertisement

Advertisement

Advertisement