महिन्द्राको मनसुन सर्भिस क्याम्प मंगलबारदेखि सञ्चालन हुने

Advertisement

काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ । ‘मनसुनसर्भिस क्याम्प’ यहि २०७६ आषाढ १८ देखि २० गते सम्म सञ्चालन गरिने छ ।

यो मनसुन सर्भिस क्याम्पमा महिन्द्रा गाडीका सम्पूर्ण रेन्जका चार पाङगे्र गाडीहरुलाई विभिन्न ३० चेक प्वाइटहरुमा दक्ष प्राविधिकहरुले जाँच गर्नेछन् । यो योजनामा सम्पूर्ण ग्राहक तथा ड्राइभरहरुलाई स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा श्रमिक मूल्यहरुमा एक सय पाँच छुटको व्यवस्था साथै निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यो विशेष मौकामा कम्पनीले क्वान्टो, जाइलो र लोगन गाडीको स्पेयर पार्ट्स, तथा एक्सेसरिजमा भारी छुटको व्यवस्था समेत गरेको छ ।

यो सेवा नेपाल भर एकैचोटी बालाजु अटोवर्कस अन्तर्गतको महिन्द्राका सर्भिस नेटर्वकहरुमा उपलब्ध गरिने छ । महिन्द्रा गाडीका ग्राहकहरुले योे विषेश सेवा प्राप्त गर्न नजिकैको महिन्द्रा आधिकारिक र्वकशपमा छिटो भन्दा छिटो बुकिङ्ग गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement