भारतमा बेरोजगार घटेको दाबी

Advertisement

भारत । भारतमा केहि दिन अघि बेरोजगारी वृद्धिको रिपोर्ट सार्वजनिक भएको थियो । उक्त रिपोर्टलाई खारेज गर्दै बुधबार सरकारले भारतमा बेरोजगारीको दर विश्वस्तरमै कम रहेको दाबी गरेको हो ।

भारतका श्रममन्त्री सन्तोष गंगवारले बुधबार राज्यसभाको प्रनोत्तरका क्रममा पूरक प्रश्नको उत्तर दिँदै भारतमा असङ्गठित क्षेत्रमा रोजगारी घटेको कुनै सूचना आफूसँग नभएको जिकिर गरेका हुन् । उनले भने, ‘असङ्गठित क्षेत्रमा गत वर्ष व्यापक सङ्ख्यामा रोजगारीको अवसर खुलेको थियो ।’ गंगवारले अन्तरराष्ट्रिय श्रम सङ्गठनको आँकडालाई उद्धृत गर्दै चीनमा बेरोजगारीको दर चार दशमलव सात प्रतिशत रहेको र एसिया प्रशान्त देशहरुमा यो चार दशमलव दुई प्रतिशत रहेको बताए ।

भारतमा बेरोजगारी दर तीन दशमलव पाँच प्रतिशत रहेको छ । कतिपय सङ्घ–संस्थामा वर्गका हिसाबमा रोजगारी दिइने र त्यसको प्रक्रियाका लागि वर्ष दिनसम्म लाग्ने हुनाले बेरोजगारी अलि बढी देखिएको उनको भनाई थियो । उनले प्रक्रियागत कामले रोजगारी व्यवस्थालाई सुचारु बनाउन सहज हुने पनि बताए ।

सरकारी जागिरमा भर्तीको आँकडा प्रस्तुत गर्दै गंगवारले सन् २०१४ देखि २०१९ सम्ममा सङ्घ लोक सेवा आयोग र कर्मीचारी चयन आयोगका माध्यमबाट दुई लाख ४५ हजार चार सय ७० पदमा नागरिकलाई जागिर दिइएको उल्लेख गरे ।
(नवभारत टाइम्स)

Advertisement

Advertisement

Advertisement