महिन्द्राको मनसुन सर्भिस क्याम्प सम्पन्न

Advertisement

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सले तीन दिने ‘महिन्द्रा मनसुन सर्भिस क्याम्प’ सम्पन्न गरेको छ । क्याम्प देशभर भएका महिन्द्राका आधिकारिक वर्क सपमा सञ्चालन गरिएको थियो ।

क्याम्पमा महिन्द्राका सम्पूर्ण चार पांग्रे गाडीहरुको ३० पोइन्ट चेकअपको सुविधा उपलब्ध थियो । जसले गाडी उपभोक्ताहरुलाई पूर्ण रुपमा सुनिश्चिता प्रदान गरेको छ । क्याम्पमा सम्पूर्ण गाडीहरुको जांच विशेषज्ञद्वारा गराइएको थियो ।

स्वास्थ्य परीक्षणको तथा लुव्रिकेन्ट, स्पेयर पार्ट तथा लेवर चार्जमा दश प्रतिशत छुटको व्यवस्था, र आदि सर्भिस क्याम्पका प्रमुख आकर्षण रहेका थिए । क्वान्टो, ह्थयी, तथा लोन गाडीहरुमा विशेष डिस्काउन्ट अफर अवधि भर प्रदान गरिएको थियो ।

कम्पनीले निरन्तर अन्तर्राष्ट्रिय ब्राण्ड एक्स्पेरियन्सको साथ उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । क्याम्पले ग्राहक तथा कम्पनी बीचको सम्बन्धलाई अझ बढि बलियो र फलदायी बनाएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement