राजदूतमा चार जनाको नाम सुनुवाई समितिबाट अनुमोदन

Advertisement

काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारले सिफारिस गरेका चारैजना प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले बंगलादेशका लागि प्रस्तावित राजदुत डा।वंशीधर मिश्र, अष्ट्रेलियाका लागि प्रस्तावित महेशराज दाहाल, कतारका लागि नारद भारद्वाज र स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पाको नाम अनुमोदन गरेको हो ।

अनुमोदन हुनुअघि उनीहरुले आफ्नो कार्ययोजना सुनाएका थिए । सांसदहरुले गरेका प्रश्नको चित्तबुझ्दो जवाफ दिएपछि समितिले अनुमोदन गरेको थियो । योग्यता, क्षमता र कार्ययोजना चित्तबुझ्दो भएकाले सरकारले सिफारिस गरेका राजदूतहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

बिहान र दिउँसो गरी २ पटक बसेको बैठकमा प्रस्तावित राजदूत र समितिका सदस्यहरुबीच विस्तृत रुपमा छलफल र सवालजवाफ भएको थियो ।

उनीहरुले नेपाललाई समृद्ध बनाउने गरी आफूहरुले कूटनीतिक गतिविधिलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । संसदीय समितिले अनुमोदन गरेका चारवटै देशका प्रस्तावित राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सरकारले जेष्ठ २३ गते राजदूतका लागि प्रस्ताव गरेको थियो ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement