क्यासिनोको लाइसेन्स शुल्क २५ प्रतिशतले बढ्यो, आवेदन दस्तुर दोब्बर

Advertisement

काठमाडौं । सरकारले क्यासिनोको लाइसेन्स शुल्क २५ प्रतिशतले वृद्धि गरेको छ । हालसम्म २ करोड रुपैंयाँमा पाइने क्यासिनाको लाइसेन्स शुल्क ५० लाखले वृद्धि गरेर २ करोड ५० लाख पुर्याएको हो । सरकारले मन्त्रिपरिषदबाट क्यासिनो सञ्चालन नियमावली संसोधन गरि राजपत्रमा प्रकाशित गरेर लाइसेन्सको दस्तुर वृद्धि गरेको हो ।

त्यस्तै, सरकारले क्यासिनो सञ्चालनका लागि अनुमति माग्दै निवेदन दिँदा लाग्ने शुल्क पनि दोब्बरले वृद्धि गरेको छ । हालसम्म क्यासिनोको लाइसेन्सका लागि निवेदन दिँदा ५ लाख रुपैंयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था थियो । सरकारले यसलाई वृद्धि गरेर १० लाख बनाईदिएको छ । त्यस्तै, आधुनिक मेसिनमात्रै प्रयोग गरेर खेलाईने क्यासिनाको लाइसेन्स लिन निवेदन दिँदा लाग्ने दस्तुर २ लाखबाट वृद्धि गरेर ५ लाख पुर्याएको छ ।

यस अघि अन्तराष्ट्रिय सिमाबाट ५ किलोमिटर दुरी भित्र मात्रै क्यासिनो खोल्न पाइने व्यवस्थालाई पनि संसोधन गरेर ३ किलोमिटर बनाईदिएको छ । अलफ्ट होटल ठमेलमा मकाउको मकाओ क्यासिनो आउँदैछ भने मेरिओटमा भारतीय क्यासिनो डेल्टिन ल्याउने तयारी भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement