स्वेच्छिक मर्जरले काम नगरे फोर्समा जान बाध्य हुन्छौंः डेपुटी गभर्नर सिवाकोटी

Advertisement

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले स्वेच्छिक मर्जरबाट बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटाउन नसके फोर्स मर्जरमा जान बाध्य हुने स्पष्ट पारेका छन् ।

राजधानीमा बिहिबार मौद्रिक नीतिबारे आयोजीत एक कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले बैंकहरुलाई सकसमा पारेर मर्जरमा पठाउने नीति नभएकाले पहिलो चरणमा सहुलियत दिएर प्रोत्साहन गरेको बताएका हुन् । उनले सहुलियत सहित मर्जरमा जान प्रेरित गर्दा पनि नभएमा फोर्स मर्जरको नीतिमा अघि बढ्ने चेतावनी पनि दिए ।

‘हामी बैंकहरुलाई सकस दिएर मर्ज गराउने बाटोमा छैनौं, त्यसरी बजार तताउनु पनि छैन्’, शिवाकोटीले भने । शिवाकोटीले अघि थपे,‘पहिला स्वच्छिक नभए बलपूर्वक(फोर्स) मर्जर हाम्रो नीति हो ।’ उनले चालु आर्थिक बर्षमा लगानी योग्य पुँजीको अभाव हुन नदिने दावी पनि गरे ।

उनले बैंकहरुलाई दिएको ४.४ प्रतिशतको स्प्रेड दर पनि राम्रो सहुलियत भएको पनि बताए । ४.२५ प्रतिशत स्प्रेड दर कायम गर्ने तयारीबाट पछि हटेर ४.४ प्रतिशतको सुबिधा दिएको उनको भनाई थियो ।

Advertisement

Advertisement

Advertisement