गर्भनर भन्छन्- बैंकहरु सञ्चालक र सीइओका निजी सम्पत्ति होइनन्

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरु संचालक र सीइओका निजी सम्पत्ति नभएको बताएका छन् । संसदको अर्थ समितिमा बोल्दै गर्भनर डा. नेपालले बैंक तथा वित्तिय संस्थाहरुमा ९२.४ प्रतिशत लगानी जनताको भएकाले त्यसको संरक्षण गर्नु राष्ट्र बैंकको दायित्व हुने बताए ।

गर्भनर डा. नेपालले बैंक तथा वित्तिय संस्थाहरुमा लगानीकर्ताको सेयर हिस्सा जम्मा ८ दमलब ६ प्रतिशत मात्रै हुने बताए । बाँकी ९२ दशमलब ४ प्रतिशत भने नागरिकको निक्षेप हुने उनको भनाई थियो ।

उनले भारत र पाकिस्तानमा पनि बैंकका सीइओ र संचालकहरुको उमेर तोकिएको बताए । उनले निक्षेपकर्ताको हितका लागि उनले तोकिएको जानकारी दिए ।

राष्ट्र बैंकले संचालकको उमेर हद ७० र सिइओको उमेर हद ६५ वर्ष तोकेको छ । बैंक तथा वित्तिय संस्थाहरुमा ३२ खर्ब ३५ अर्ब निक्षेप संकलन रहेको गर्भनर डा.नेपालले बताए । उनले हाल देशैभर ७३५ वटा वाणिज्य बैंकको शाखा स्थानीय तहमा शाखा स्थापित भईसकेको बताए ।

Advertisement

Advertisement

Advertisement