कोटेश्वर–कलङ्की सडकमा आकाशेपुल निर्माण कार्य सुस्त

Advertisement

काठमाडौं । कोटेश्वर–कलङ्की सडकमा निर्माणाधीन छ आकाशे पुलमध्ये तीन पुलको निर्माण सुस्त छ । महालक्ष्मीस्थान, सानेपा र बल्खुमा आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो ।

कोटेश्वर–कलङ्की सडक चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सो सडक चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्नु पहिले नै नेपाल सरकारले आकाशे पुल निर्माण शुरु गरेको सडक विभाग, चक्रपथ सुधार योजनाले जनाएको छ ।

दुई वर्ष पहिले १५ महीनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार सो अवधि गत पुसमा सकिएपछि विभागले एक वर्ष थप गरेकामा अहिले थप भएको अवधिमा पनि काम सरासर नभएको जानकारी दिँदै उनले भने, “कुनै अवरोध छैन, ठेकेदारले काम सरासर नगरेकैले ढिलाइ भएको हो ।”

सोही योजनाअन्तर्गत नै काम भइरहेका अरु तीन स्थानका आकाशे पुल निर्माण झण्डै ७५ प्रतिशतसकिएको इञ्जिनीयर शर्माले जानकारी दिए । बालकुमारी, सातदोबाटो र एकान्तकुनामा काम अघि बढिरहेको छ । केही समयमै यी तीनै स्थानमा समयमै निर्माण सम्पन्न हुने उनको भनाइ थियो ।चीन सरकारले एक वर्ष पहिले कोटेश्वर–कलङ्की सडक विस्तार गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । चीन सरकारले तीन स्थानमा निर्माण गरेको आकाशेपुल पर्याप्त नभएपछि नेपाल सरकारले थप छ स्थानमा निर्माण गरेको हो ।

Advertisement

Advertisement

Advertisement