काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३ करोड ६३ लाख नाफा कमाएको छ । कम्पनीले २०७६ साउन मसान्त अवधीमा आफ्नो नाफा १२ प्रतिशतले वृद्धि गरेर ३३ करोड ६३ लाख पुर्याएको हो । २०७५ असार मसान्तमा कम्पनीको नाफा २९ करोड ९८ लाख रुपैंयाँ मात्रै थियो ।
यो अवधीमा नेशनल लाइफले बीमा शुल्क पनि ८ अर्ब २ करोड पुर्याएको छ । २०७५ असार मसान्तमा कम्पनीको बीमा शुल्क जम्मा ६ अर्ब ४० करोड रुपैंया मात्रै थियो । ३ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९१ करोड रुपैंया रहेको छ ।
कम्पनीको बीमालेख संख्या ७ लाख २१ हजार पुगेको छ । प्रति सेयर आम्दानी ११ रुपैंयाँ १८ पैसा रहेको कम्पनीको प्रति सेयर नेटवर्थ भने १३० रुपैंया ५५ पैसा छ ।