माछापुच्छ्रे बैंकको ऋण पत्रमा माग भन्दा बढी आवेदन

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको ऋण पत्रमा माग भन्दा बढी आवेदन परेको छ । बैंकले ३ अर्ब रुपैंयाँको ऋण पत्र निष्काशन गरेकोमा सो भन्दा बढी आवेदन परेको हो । बैंकको मार्केटिङ मेनेजर कृष्ण सुवेदीले माग गरे भन्दा बढी आवेदन परेको बताउँदै एकिन तथ्यांक भने मिलाउने काम भैरहेको बताए ।

बैंकले साउन ६ गते देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कनशन गरेको थियो ।  ‘माछापुच्छ्रे डिबेन्चर २०८५’को नाममा जारी गरिएको ऋण पत्र खरिद गर्न आवेदन दिन अन्तिम दिन भदौ ३ गतेलाई तोकिएको थियो । १० वर्ष अवधीको ऋण पत्रमा लगानी गर्नेहरुले १०.२५ प्रतिशत ब्याज पाउँछन् । एनएमबी क्यापिटलले बिक्रि प्रबन्धकको काम गरेको ऋण पत्रमा न्यूनतम २५ कित्ता र अधित्तम ११ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

बैंकले तीन अर्बको ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो भने समुहिक लगानीकोषका लागि १८ लाख कित्ता छुट्याएको थियो ।

Advertisement

Advertisement

Advertisement