सेयर बजारमा ४.८७ अंकको सुधार, धेरै नाफा गर्नेमा सबैको लघुवित्तका लगानीकर्ताहरु

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से चार दशमलव ८७ अंकले घटेर एक हजार २०८ कायम भएको छ भने २४ करोड ४६ लाख रुपियाँको सेयर कारोबार भयो ।

आज बैंक र निर्जीवन समूहको सुचकमा सुधार आएको छ । बैंक समूह ८.९४ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूहमा १२.८८ अंकको सुधार आएको छ । अन्य सबै समूहका सुचकमा पनि एक प्रतिशत भन्दा कमको सुधार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा प्रथम एनआइसी एशिया बैंक रहेको छ । जसको कारोबार दुई करोड २१ लाख रुपियाँको बराबरको भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार एक करोड ५५ लाख रुपियाँ बराबरको भएको छ ।

आज धेरै नाफा गर्नेमा सबैको लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु अगाडि छन् । संस्थाको नाफामा ३३ अंकको सुधार देखिन्छ । त्यस्तै, दोस्रो नाफा कमाउनेमा आँधिखोला लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । उक्त फाइनान्सको नाफामा २७ अंकको वृद्धि देखिन्छ ।

त्यसैगरी, आज धेरै घाटा व्यहोर्नेमा सिटी एक्स्प्रेस फाइनान्स रहेको छ, जसको सेयरमा ८ अंकको गिरावट आएको छ । त्यसैगरी, दोस्रो धेरै घाटा व्यहोर्नेमा अरुण काबेली पावर रहेको रहेको छ, जसले सेयरमा लगानीकर्ताहरुले ६ अंकको घाटा व्यहोरेका छन् ।

Advertisement

Advertisement

Advertisement