सेयर बजारमा ३.७० अंकको गिरावट, कारोबार रकम पनि घटेर २९ करोडमा सिमित

Advertisement

काठमाडौं । सेयर बजारमा बिहीबार गिरावट आएको छ । सेयर बजार परिसुचक नेप्से तीन दशमलव ७० अंकले घटेर एक हजार १९१ दशमलव ०७ कायम भएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । कुल २९ करोड १७ लाख रुपियाँको करोबार भएकोमा नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ५१ लाख रुपियाँको कारोबार छ ।

त्यसपछि, धेरै कारोबार गर्नेमा सिटिजन बैंकको एक करोड ५१ लाख रुपियाँको मात्रै करोबार छ । नीर्जिवन बीमा कम्पनी र म्युचल फण्डबाहेक अधिकांश वाणिज्य बैंकसहित अधिकांश समूहका कम्पनीहरुमा नकारात्मक प्रभाव परेको छ ।

नीर्जिवन बीमा समूहको सुचक शुन्य दशमलव १३ अंकले बढेको छ । त्यस्तै, म्युचल फण्ड समूहको सुचकमा ० अंकले मात्रै सुधार आएको छ । होटल समूहको सुचकमा एक प्रतिशतको गिरावट छ भने अन्य वित्त, उत्पादनमूलकलगायतका समूहका सुचकहरुमा भने एक प्रतिशत भन्दा कम अंकको गिरावट देखिएको छ ।

आज धेरै नाफा गर्नेमा आँधिखोला लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा अरुण कावेली पावर कम्पनीका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement