फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा डिशहोमको सेवामा भारी छुट

Advertisement

काठमाडौं । नेपालको डीटीएच (डाइरेक्ट टू होम) सेवा प्रदायक डिशहोमले फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षीक रिचार्ज गर्दा भारी छुटसहितको प्याकेजहरु सार्वजनिक गरेको छ ।

अनलाईनमार्फत सजिलै ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र १२ महिनाको रिचार्ज गर्न सकिनेछ । फण्ड ट्रान्सफर सेवामार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकलाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिनेछ ।

साथमा फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त हुँदैन भन्दै डिशहोमले तीन महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफूलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिने जनाएको छ ।

बार्षिक रिचार्ज गर्दा पहिले चार हजार दुईसय रुपियाँको बेसिक प्याकेज तीन हजार छसय रुपियाँ मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज चार हजार आठ सयको सट्टा चार हजार दुईसय, वेसिक प्लस पाँच हजार एकसयको सट्टा चार हजार पाँचसय, मिडियम प्लस पाँच हजार सातसयको सट्टा चार हजार ९९८, सुपर एचडी छ हजारको सट्टा चार हजार ९९९, प्रिमियम एचडी सात हजार दुईसयको सट्टा पाँच हनार ७९९ र लाईफस्टाईल एचडी १० हजार आठ सयको सट्टा आठ हजार चार सय रुपियाँ मै उपलब्ध हुने जनाइएको छ ।

फण्ड ट्रान्सफर सेवा नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध रहेको डिशहोमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement