आफ्नो सम्पत्ति सार्वजनिक गर्दै प्रधानसेनापतिले भने– सेनाभित्रको भ्रष्टाचार छानविन गर्छु

Advertisement

काठमाडौं । नेपाली सेनाको प्रमुखबाट पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै यसको सुरुवात गरेका हुन् ।

सेनाको वेभसाइटमार्फत उनले आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् । थापाले आफ्नो एक वर्षे कार्यकालको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रम पनि गरे । त्यस अवसरमा उनले सेनामा आवद्ध सबैलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न पनि सचेत गराए ।

थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको जम्मा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको छ । त्यसैगरी, दुई वटा बैंकमा ६५ लाख नगद आफ्नो नाममा र श्रीमतीको नाममा ५० हजार नगद रहेको छ ।

त्यस्तै, थापाको श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर, काठमाडौं, नवलपरासी र लमजुङमा घर जग्गा रहेको छ । एक बर्षे कार्यकालको कार्यक्रममा उनले सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने र सेनाका अधिकारीहरुको सम्पत्तिको छानविनको कामलाई अघि बढाउने पनि बताए ।

Advertisement

Advertisement

Advertisement