सेयर बजारमा ५.३३ अंकको गिरावट, कारोबार रकम भने बढेर ३७ करोड पुग्यो

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सेयर बजारमा गिरावट जारी रह्यो । आज नेप्से परिसुचक ५ दशमलब ३३ अंकले घटेर एक हजार १५७ दशमलव ८८ अंक कायम भयो ।

आज सेयर कारोबार पनि करिव ३७ करोड ६१ लाख ८४ हजार ४९१ रुपियाँको कारोबार भयो । सबैभन्दा धेरै कारोबार गर्नेमा लक्ष्मी बैंक प्रमोटर सेयर रहेको छ । उक्त बैंक्को चार करोड ७० लाख बराबरको सेयर कारोबार भयो । आज सबै समूहका सुचकहरु राताम्मे छन् ।

धेरै घाटा सहनेमा अरुण भ्यालीका लगानीकर्ता अगाडि छन् । उक्त फण्डले ७ अंकको घाटा व्यहोरेको छ । त्यस्तै, हिमालय उर्जा कम्पनीले ८ अंकको घाटा व्यहोरेको छ ।

त्यसैगरी, नाफा गर्नेमा कालीका पावर कम्पनीका लगानीकर्ता अगाडि छन् । उक्त कम्पनी ४ अंकले फाइदामा गएको छ । त्यस्तै, फाइदा गर्ने दोस्रोमा एनआइसी एशिया ग्रोथ फण्ड रहेको छ । उक्त कम्पनीले ० अंकको फाइदा कमाएको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement