दशैँका लागि नयाँ नोटको पर्खाइमा हुनुहुन्छ ? असोज १० गतेदेखि पाइने पक्का

Advertisement

काठमाडौंं ।  दशैँको लागि नयाँ नोटको पर्खाइमा हुनुहुन्छ ? पक्कै पनि हुनुहुन्छ होला । नयाँ नोटका लागि तपाईले अझै केही दिन प्रतिक्षा गर्नुपर्ने भएको छ ।

दशैँका लागि नयाँ नोट असोज १० गतेदेखि पाइने भएको छ । राष्ट्र बैंकले दशैँको लागि ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपियाँसम्म उपलब्ध गराउने भएको हो । तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुमा गएर नोट साट्न पाइनेछ । राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपियाँसम्म नयाँ नोट पाउनेछन् ।

निजी क्षेत्रका बैंकलाई साढे तीन करोडदेखि ११ करोड रुपियाँ बराबरको नोट वितरणका लागि दिने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौंस्थित विभिन्न ठाउँका झण्डै १६ शाखामार्फत सर्वसाधारणले नयाँ नोट पाउनेछन् ।

काठमाडौं बाहिरबाट पनि सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वितरण गरिनेछ । ५०० र हजार दरका नोट भने भुक्तानी प्रयोजनका लागि हुन्छ ।

Advertisement

Advertisement

Advertisement