चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण असोज २१ गते !

Advertisement

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङ असोज २१ गते नेपाल आउने भएका छन् । चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण गरेर चीन फर्किएपछि  राष्ट्रपति सिको भ्रमण मिति तय गरिएको हो ।  सिको नेपाल भ्रमणको पुर्व तयारीका लागि चिनियाँ विदेश मन्त्री वाङ यीले भदौ २२ देखि २४ गतेसम्म नेपाल भ्रमण गरेका थिए ।

यीको नेपाल भ्रमण, दुई देशले गरेको भ्रमण तयारी र एजेण्डाबारे एकिन भएपछि सिको नेपाल भ्रमणको टुंगो लागेको हो । दशैंको टिकाकै दिनको साइत पारेर सि नेपाल आउने र करिब १० घण्टा नेपालमा रहनेछन् ।

उच्च श्रोतका अनुसार सिको नेपाल भ्रमणबारे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल समेत भैसकेको छ । उनीहरुलाई राष्ट्रपति सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित घट्नाहरुको पुर्व सूचना संकलन र निस्तेज पार्न भनिएको छ ।

दशैंमा राजधानीमा नागरिकहरुको चहलपहल कम हुने, सुरक्षा प्रबन्ध मिलाउन सहज हुने लगायतका कारणले टिकाकै दिन सिलाई नेपाल भ्रमण गराउने प्रस्ताव नेपालले गरेको थियो । सिको भ्रमणमा बिआरआईमा समावेश गरिने केहि परियोजनाहरुको कार्यान्वयन सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भैरहेको छ ।

नेपालले केरुङ–काठमाडौं रेलमार्गलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । त्यसको डीपीआर र निर्माणको मोडालिटी तथा लगानीबारे पनि सम्झौता हुने सम्भावना रहेको छ ।

Advertisement

Advertisement

Advertisement