हत्या आरोपी सांसद आलमको सेवासुविधा रोक्का

Advertisement

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको सेवासुविधा रोकिएको छ । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलमको सेवासुविधा रोक लगाइएको जानकारी दिएको हो ।

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो। उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। आलमलाई २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ।

Advertisement

Advertisement

Advertisement