रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट, एक प्रहरी घाइते, मोटरसाइकलसहित एक भारतीय पक्राउ

Advertisement

काठमाडौं । रौतहटको इशनाथ नगरपालिका–४ को मठिया प्रहरी चौकीमा मंगलबार अज्ञात समूहले सुतली बम बिस्फोट गराउँदा एक जना प्रहरी जवान घाइते भएका छन् ।

दिउँसो करिब २ बजे अज्ञात समूहले चौकीमा बम प्रहार गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीका अनुसार बम बिस्फोटबाट चौकीमा सामान्य क्षति भएको छ भने एक जना प्रहरी जवान घाइते भएका छन् ।

प्रहरीले घट्नामा संलग्न रहेको भन्दै एक जना भारतीय र उनी सवार मोटरसाइकललाई तत्कालै नियन्त्रणमा लिएको जनाएको छ । पछिल्लो समयमा निर्वमान साँसद एवं काँग्रेस नेता मोहमद अफताव आलमलाई पक्राउपछि रौतहट चर्चामा छन् ।

‘घटनाको विस्तृत विवरण आउन बाँकी छ,’ कार्कीले भने।

Advertisement

Advertisement

Advertisement