एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको रानीनगरमा

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा  ४४औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको बिहीबार विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रितम गुरुङ्ग र वडा नं. ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement