काठमाडौंका बाटो कालोपत्रे निरिक्षण गर्दै हिडे माधव नेपाल

Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्रको सडक अनुगमनमा निस्किएका छन् । मंगलबार दिनभर नेता नेपालले काठमाडौ क्षेत्रनम्बर २ का बिभिन्न सडकको अनुगमन गरे ।

कागेश्वरी मनोहरा नगरपालिका भित्र संचालन तथा सम्पन्न भएका योजना तथा विकास निर्माणका कार्यबारे नेता नेपाल र मेयर कृष्णहरी थापाले अवलोकन गरे । नेपालले कागेश्वरी मनोहरा नगरपालिका ६ को बरपिपल ढुंगेल गाउँ सडक आफै बसेर कालोपत्रे गराए । समृद्ध नगरको योजना चलाएका मेयर थापाले उक्त बाटो दोस्रो चरणमा कलभर्ट सहित मनोहरा मार्ग जोड्ने काम पनि अघि बढेको बताए ।

जनप्रतिनिधि निर्वाचित भएर आएको ३० महिनामा उल्लेख्य प्रगती भएको उनले बताए । नेता नेपालले पनि विकास निमार्णमा कुनै संझौता नहुने बताए । पूर्व प्रधानमन्त्री नेपालले विकास निमार्णको काम तिब्र गतिमा अघि बढीरहेको बताए । उनले राम्रो काम गर्नेलाई आफुहरु सहयोग गर्ने पनि बताए ।

Advertisement

Advertisement

Advertisement