साग खेलमा पत्रकार कुटिएपछि.....(फोटो फिचर)

Advertisement

काठमाडौं । तेह्रौं साग खेलकुदको समापनका दिन मंगलबार विहानै नागरिक दैनिकका खेल पत्रकारलाई भिडियो खिचेको निहुँमा कुटिएपछि दिनभर नै दशरथ रंगशाला परिसर तात्न पुग्यो ।

टिकट लिन पुगेका एक सर्वसाधारणलाई प्रहरीले लात्ताले हानेको भिडियो खिचेको निहुँमा ती पत्रकारमाथि प्रहरीले हातपात गरेपछि पत्रकारहरु विरोधमा उत्रिए । खेल हेर्न टिकट लिन आएका ती दर्शकलाई कुटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल जस्तै भएको छ ।

भिडियो खिचेको निहुँमा प्रहरीबाट कुटिएका पत्रकारको अहिले उपचार भइरहेको छ । पत्रकारहरुले नेपाल र भुटानबीचको फाइनल फुटबल खेल चलिरहँदा विरोधस्वरुप कालो ब्यानर देखाएपछि प्रहरी ब्यानर खोस्न पुग्यो । त्यस क्रममा केही धकेलाधकेलको स्थिति पनि भएको थियो । तस्वीरः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement