भरतपुरको सिजी ल्यान्डमार्कमा पिटर इंग्ल्यान्डको आउटलेट खुल्यो

Advertisement

काठमाडौं । पुरुष एपेरल ब्रान्ड तथा भारतको सबैभन्दा ठूलो पुरुष गार्मेन्ट ब्रान्ड पीटर इंग्ल्याण्डले उपत्यका बाहिर पनि आउटलेट विस्तार गरेको छ । करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको उक्त कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा बिहीबार आउटलेट खोलेको हो ।

सिजी ल्यान्डमार्कको पहिलो तल्लामा खुलेको उक्त आउटलेटको उद्घाटन बिहीबार अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । स्टोर उद्घाटन कार्यक्रममा बोल्दै आदित्य विरला फेसन एण्ड रिटेलको मदुरा एफ एण्ड एलका एक्सपोर्ट हेड गिरीश नाम्बायरले पीटर इंग्ल्याण्ड समकालीन इंग्लिश स्टाइल, उच्च गुणस्तर र ग्राहकलाई सही मूल्य प्रदान गर्ने तर्फ प्रतिबद्ध रहेको बताए ।

सन् १८८९ मा स्थापित पिटर इंग्ल्यान्ड विश्वभरी नै गुणस्तरीय मेन्सवेयरको पर्यायको रुपमा छ । यो ब्रान्डमा जाडो र गर्मी दुवै सिजनका लागि उपयुक्त कमिज, ब्लेजर, सुट, स्वेटर लगायत फर्मल र क्याजुअल पुरुष गार्मेन्ट उपलब्ध छन् । यो ब्रान्डका विश्वभर सात सय एक्सलुसिव स्टोर र तीन हजार मल्टिब्राण्ड आउटलेट छन् ।

पिटर इंग्ल्यान्डले विश्वभरका लाखौं उपभोक्ताको विश्वास जितेको छ । यो विगत सात वर्षदेखि लगातार एपेरलको क्षेत्रमा विश्वसनीय ब्राण्डको रुपमा टप पाँचमा रहँदै आएको छ । यसले आफ्नो विशिष्ट डिजाइन स्टुडियोले तयार गरेको डिजाइनमा आधारित गार्मेन्ट उत्पादन गर्छ । पिटर इंग्ल्यान्ड भान हेउसेन, लुइस फिलिप्पे, अलेन सोले, सान फिस्को जस्ता विश्वविख्यात ब्रान्डको प्रतिस्पर्धी ब्रान्ड हो ।

Advertisement

Advertisement

Advertisement