उखु किसानको आन्दोलनलाई घरेलु महासंघको साथ

Advertisement

काठमाडौं । उखु किसानको आन्दोलनप्रति घरेलु तथा साना उद्योग महासंघले एक्यवद्धता जनाएको छ । पछिल्ला दिनमा उखु किसानहरुको आन्दोलन चर्किएको बेला महासंघले एक्यवद्धता जनाएको हो ।

उखु किसानले राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्थाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघले विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाउनु राम्रो नभएको बताएको छ ।

एक वर्षअघि नै किसानहरुको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागितामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानहरुले भुक्तानी नपाउनु दुःखद कुरा भएको महासंघको ठहर छ ।

उखु किसानहरु आफ्नो सदस्य पनि भएको बताउँदै महासंघले लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संस्थाको हैसियतमा चिनी उद्योगीहरुलाई उखु किसानहरुको रकम अविलम्ब भुक्तानी दिन आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement