लोक सेवा आयोगले माग्यो ५४८ जना नायब सुब्बा, फारम कहिलेसम्म भर्ने ?

Advertisement

काठमाडौँ । लोक सेवा आयोगले ५४८ जना नायब सुब्बा माग गरेको छ । न्याय, सरकारी वकिल, कानून, सामान्य प्रशासन, लेखा र राजश्व समूहमा नायब सुब्बा माग गरिएको हो ।

राजपत्र अनंकित प्रथम श्रेणाी(अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका उम्मेदवारहरुबाट आयोगले बुधबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरिएको हो ।

लोक सेवा आयोग धनकुटा कार्यालय अन्तरगत खुला ४१ जना, महिला १२ जना, आदिवासी जनजाति ९ जना, मधेसी ७ जना, दलित ३ जना, अपाङ्ग १ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी जम्मा ७४ जना माग गरिएको हो ।

त्यसैगरी, लोक सेवा आयोग जलेश्वर कार्यालय अन्तरगत खुला ४८ जना, महिला १३ जना, आदिवासी जनजाति १० जना, मधेसी १० जना, दलित ६ जना, अपाङ्ग १ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी जम्मा ८९ जना माग गरिएको हो ।

यता, लोक सेवा आयोग काठमाडौँ कार्यालय अन्तरगत खुला ८१ जना, महिला २१ जना, आदिवासी जनजाति १९ जना, मधेसी १६ जना, दलित ६ जना, अपाङ्ग ५ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी जम्मा १४९ जना माग गरिएको हो ।

यसैगरी, लोक सेवा आयोग पोखरा कार्यालय अन्तरगत खुला ३५ जना, महिला ८ जना, आदिवासी जनजाति ८ जना, मधेसी ५ जना, दलित ३ जना, अपाङ्ग २ जना र पिछडिएको क्षेत्रबाट २ जना गरी जम्मा ६३ जना माग गरिएको हो ।

यसैबीच, लोक सेवा आयोग पोखरा कार्यालय अन्तरगत खुला ४८ जना, महिला १३ जना, आदिवासी जनजाति १० जना, मधेसी ८ जना, दलित ४ जना र अपाङ्ग ३ जना गरी जम्मा ८६ जना माग गरिएको हो ।

आयोगका अनुसार सुर्खेत कार्यालय अन्तरगत खुला २३ जना, महिला ७ जना, आदिवासी जनजाति ६ जना, मधेसी ३ जना, दलित १ जना र अपाङ्ग ३ जना गरी जम्मा ४३ जना माग गरिएको हो ।

आयोगले बुधबार प्रकाशित गरेको सूचना अनुसार दिपायल कार्यालय अन्तरगत खुला २५ जना, महिला ५ जना, आदिवासी जनजाति ५ जना, मधेसी ४ जना, दलित २ जना, अपाङ्ग १ जना र पिछडिएको क्षेत्रबाट २ जना गरी जम्मा ४४ जना माग गरिएको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आजैदेखि माघ १४ गतेसम्म अनलाइन मार्फत फारम भर्न सक्नेछन् । प्रत्येक विज्ञापनका लागि रु. ४०० र समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारका हकमा थप समूहका प्रत्येकका लागि रु. २०० थप दस्तुर बुझाउनु पर्नेछ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह( दश जोड दुई) उत्तीर्ण १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका र महिला तथा अपाङ्गको हकमा ४० वर्ष ननाघेका व्यक्तिहरुले दरखास्त दिन सक्ने आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

सबै सेवा समूहको प्रथम पत्र(सामान्य ज्ञान र बौद्धिक परीक्षण)को लिखित परीक्षा फागुन २४ गते दिनको ११ बजे हुने आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement