डिजेल, पेट्रोलको भाउ एकै पटक १०/१० रुपियाँले घट्यो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य एकै पटक १० रुपियाँले घटाएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अन्तराष्ट्रिय बजार मूल्य अनुसार घरेलु बजारमा मूल्य समायोजन गरेको बताए ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँका दरले मूल्य घटाएको हो । अब काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ९६ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिक तर्फको हवाई इन्धन प्रति लिटर १५ रुपैयाँ घटाएको छ भने अन्तराष्ट्रिय उडान तर्फको हवाई इन्धनमा प्रति टन ५० डलरले मूल्य घटाएको हो ।

Advertisement

Advertisement

Advertisement