'बिइङ ह्यूमन' बन्द भएको होइन्, कारोबार स्थगन भएको होः थापा

Advertisement

काठमाडौं । भारतीय अभिनेता सलमान खानद्वारा ‘प्रबद्र्धित बिइङ ह्यूमन क्लोथिङ’का नेपालस्थित स्टोरहरु चाँडै सञ्चालनमा आउने यसका सञ्चालक राजु थापाले बताएका छन् । थप व्यवस्थितरुपमा सञ्चालनमा ल्याउन कारोबार स्थगित गरिएको भन्दै उनले तिहारअघि नै बिइङ ह्यूमनका आउटलेटहरु सञ्चालनमा आउने बताए ।

थापाले आफूहरु मजबुत टिमका साथ बृहतरुपमा अगाडी आउन खोजिरहेका छौँ भन्दै अहिले भइरहेको भन्दा अझै धेरै ठाँउमा आउटलेट राख्ने योजन रहेको सुनाए । बिइङ ह्यूमनका पोखराबाहेक काठमाडौंका केही आउटलेट मात्र बन्द छन् । के के समान मगाउने र नयाँ आउटलेट कहाँ कहाँ खोल्ने भन्ने बिषय लगभग टुङ्गीसकेकाले तिहार अघिदेखी थप उत्पादनका साथ आफ्ना आउटलेट सुचारु गर्ने थापाले दावी गरे। मनिष मन्धानाको नेतृत्वमा रहेको बिइङ ह्यूमन कम्पनीले कपडालगायतको व्यापार गर्छ। अहिले नेपालमा वस्त्र इन्क नामक कम्पनीको स्वामित्वमा थापाले सञ्चालन गरिरहेका छन्। भारतबाट शुरु भएको बिइङ ह्यूमन बहराईन, युएई हुदैँ नेपाललगायत १५ वटा देशहरुमा फैलिएको छ। विश्वभर पाँच सयभन्दा बढी आउटलेट रहेको बिइङ ह्यूमनको नेपालभित्र काठमाडौं उपत्यकामा तीन र पोखरामा एउटा गरी चार आउटलेट छन।

Advertisement

Advertisement

Advertisement