एलजीको कोभिड–१९ अफरः चार लाख रुपियाँसम्मको १२ महिने बीमा

Advertisement

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) प्रकोपलाई लक्षित गर्दै एलजी ब्राण्डले नेपालमा आफ्ना ग्राहकहरुको लागि बीमा गर्ने योजना सार्वजनिक गरेको छ ।

नेपालमा एलजीका इलेक्ट्रोनिक्स ब्राण्डका सामानहरु बिक्री गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले विभिन्न क्षेत्रमा गर्दै आएको सामाजिक कार्य तथा हाल आएर नेपालमा फैलिएको कोरोना भाईरसबाट आफ्ना ग्राहकको सुविधा तथा स्वास्थ स्थितिको सुरक्षा चासो राख्दै बीमा गर्ने व्यवस्था गरिएको जनाएको छ ।

यसमा ग्राहकहरुले अनलाईनमार्फत बुकिङ तथा खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार कम्पनी र बीमा कम्पनी बीच भएको शर्त तथा योजनाअनुसार सम्पूर्ण जानकारी गराउने व्यवस्था गरिएको एलजीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले कम्पनीले तोकेको मापदण्ड तथा शर्तहरु अध्ययन गरि सामान अर्डर गर्न तथा आफ्नो विवरण भरेर सजिलै चार लाख रुपियाँसम्मको कोरोना भाईरस बीमा गर्न सक्नेछन् ।

बीमा प्रक्रियाको सम्पूर्ण जानकारी आफ्नो वेवसाईट सिजिडिजिटल डटकम डटएनपी र एलजीनेपाल डटकममा राख्ने कम्पनीले जनाएको छ । यसले नेपालमा ग्राहकका साथै नेपाल सरकारलाई समेत सहयोग पुग्ने अपेक्षा गर्दै एलजी यस योजनमा ग्राहकले विना कुनै झ्नझ्ट सहभागि हुन सक्ने जनाएको छ ।

यो योजना नेपाली नागरिकको लागि लक्षित गरेर सार्वजनिक गरिएको सिजी इलेक्ट्रोनिक्सले ग्राहकले आफूलाई आवश्यक परेको इलेक्ट्रोनिक्स सामान खरिद गर्न सक्नुको साथै आफ्नो स्वास्थ्यको लागि बीमा पनि हुने भएकोले यो योजना ग्राहकको रोजाईमा पर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement