अब यूके लगायतका देशबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसबाट सजिलै भुक्तानी पाइने

Advertisement

काठमाडौँ । बेलायत(यूके)को ख्यातिप्राप्त रेमिटान्स कम्पनी गुअभा पे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । यूके मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गुअभा पे को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गुअभा पे लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी अर्खान नशिबोले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement