Advertisement

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले विभिन्न जिल्लामा बोटलिङ प्लान्ट निर्माण गर्नेदेखि चितवनसम्म पाइपलाइन निर्माणको योजना अघि बढिसकेको बताएका छन् । उनले चितवनसम्मको पाइपलाइन निर्माणको सर्वेको मुख्य काम सकिसकेको र डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) अन्तिम चरणमा रहेको बताउँदै बोटलिङ प्लान्ट निर्माणका लागि परामर्शदाता नियुक्तिको अन्तिम तयारी भइरहेको बताए ।

Advertisement

पौडेलले बजेटमा पनि भण्डारण क्षमता बढाउने, बोटलिङ प्लान्ट निर्मण गर्ने कुराहरु आउँदा आफूहरुलाई उर्जा मिलेको बताउँदै अटोमेशनमा जानका लागि धेरै काम गर्न बाँकी रहेको बताए । उनका अनुसार पूर्वाधार निर्माणका लागि २५ अर्बको योजना सुनाउँदै त्यसलाई सफल बनाउन आफूहरु कटिवद्ध भएर लाग्ने बताए ।
थप कुराकानी भिडियोमाः

 

Advertisement

Advertisement