न्यूरोडका व्यवसायीलाई प्रहरीले आज पनि पसल खोल्न दिएन्, भोलिबाट सडकमा उत्रिने चेतावनी

Advertisement

काठमाडौं । कोरोना महामारी रोक्न भन्दै लागू गरिएको लकडाउन निकै लामो हुँँदा आफूहरुलाई पेट पाल्नै गाह्रो भएको भन्दै लकडाउन अवज्ञा गरी पसल खोल्न थालेका न्यूरोडका व्यवसायीलाई बुधबार पनि पसल खोल्न रोक लगाएको छ । मंगलबार प्रहरी र व्यवसायीका बीचको तनावका बीच पसल बन्द गराएको प्रहरीले आज पनि हस्तक्षेप गरेको हो ।

राष्ट्रिय व्यापार महासंघसँग आवद्ध व्यवसायीहरुले मंगलबार विज्ञप्ति जारी गरी कोरोना महामारी र लकडाउनका कारण
आफूहरुलाई परिवार पाल्न, कर्मचारीलाई तलव दिन मुस्किल भएको भन्दै यस्तो परिस्थितिमा करसमेत तिर्नुपर्छ भनिएकाले पसल खोल्नुको विकल्प नरहेको बताएको थियो । महासंघले लकडाउन अवज्ञा गरेर पनि आफूहरु पसल बताउँदै लकडाउन अवधिको सबै कर, बैंक ब्याज, घरभाडा मिनाहा हुनुपर्ने माग पनि गरेका छन् ।

आज पनि पसल खोल्न रोक लगाइएपछि उनीहरुले अब चावी नै सरकारलाई जिम्मा लगाउने र भोलिबाट सडकमा उत्रिने चेतावनी दिएका छन् । बिहानै पसल खोल्न गएका व्यापारीहरुलाई प्रहरीहरुले रोकेपछि केहीबेर घम्साघम्सी पनि भएको थियो । महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुकुलो बनाउनेबारे बुधबार सरकारले केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिए ।

उनी भन्छन्, ‘हामी आज बाटो हेर्छौं, आज केही निर्णय भएन भने भोलि सयौं व्यापारीहरु सडकमा निस्किन्छौं ।’ कटुवालले लकडाउनको कुनै मोडालिटी पनि चेन्ज नगर्ने र व्यावसायीलाई राहत प्याकेज पनि घोषणा नगर्ने सरकारले हाम्रो सम्पूर्ण जिम्मा लिओस भन्दै सरकार अनुदान बन्दा धेरै व्यवसायी भोकै मर्ने, कोहीको विचल्ली हुने अवस्था आएको बताए ।

Advertisement

Advertisement

Advertisement