राष्ट्रिय सहकारी बैंकको सीईओमा पुनः ४ वर्षका लागि बद्री गुरागाईँ नियुक्त

Advertisement

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बद्रीकुमार गुरारार्ईँ पुनः आगामी ४ वर्षका लागि नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले गुरागाईँलाई पुनः ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरिएको अध्यक्ष केबी उप्रेतीले बताए ।

बैंकको शेयर सदस्य १२ हजार, शेयर रकम २ अर्ब ६ करोड, निक्षेप ३० अर्ब ९६ करोड, कर्जा लगानी २२ अर्ब ५० करोड रहेको छ ।

Advertisement

Advertisement

Advertisement