काठमाडौँ महानगरले सार्वजनिक गर्यो १६ अर्ब ४२ करोडको बजेट

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमेयर हरिप्रभा खड्गीले आज आयोजित नगरसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् ।

महानगरपालिकाले पूर्वाधार विकास कार्यक्रमका लागि ५ अर्ब ७७ करोड ४५ लाख ८५ हजार रुपियाँ, प्रशासन संचालन तथा चालु खर्चतर्फ १ खर्ब ७४ अर्ब ७२ लाख ५० हजार रुपियाँ, सशर्त योजना तथा कार्यक्रमहरुका लागि २ अर्ब ५७ करोड ५१ लाख, सामाजिक विकास शीर्षकमा १ अर्ब ५० करोड ३० लाख र संपदा संरक्षण तथा संवर्द्धन शीर्षकमा १ अर्ब ३४ करोड ४७ लाख रुपियाँ छुट्याइएको छ ।

महानगरले आन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ जुटाउने प्रक्षेपण गरेको छ। त्यस्तै, बाह्य स्रोतमा सशर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख र निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ श्रोत जुट्ने अनुमान गरिएको बजेट बक्तव्यमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement