नेपालमा भुँईकटर नपठाउने भारतीय व्यापारीको घोषणा

Advertisement

काठमाडौं । भारतको पश्चिम बंगालका किसानहरुले भुँई कटर नेपाल निर्यात नगर्ने निर्णय गरेका छन् । नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद चर्किएपछि पश्चिम बंगालका किसानले भुँइकटर नेपाल नपठाउने घोषणा गरेको बीबीसी हिन्दीले लेखेको छ ।

पाइनेप्पल एसोसियसनका अध्यक्ष काजल घोषले भनेका छन्, ‘भारतको बिरोधका बीच नेपालले भारतीय जमिनलाई सामेल गर्यो, त्यसको बिरोधमा हामीले भुइँकटरको निर्यात रोक्ने निर्णय गरेका हौं ।’ घोषका अनुसार हरेक वर्ष सो क्षेत्रबाट नेपालमा तीन हजार मेट्रिक टन भुँइकटर निर्यात गर्छ ।

जुलाई र अगस्ट महिनामा दैनिक ५० टन अर्थात कबिर १२ देखि १८ करोड रुपैयाँसम्मको भुँइकटर नेपाल आउने गरेको छ । यसपाली भने भारतीय व्यापारीहरुले नेपालको सट्टा उत्तर भारतीय राज्यतिर बजार खोजि सुरु गरेका छन् ।

भुइँकटर उत्पादकहरुको संगठन पाइनेप्पल ग्रोअर्स एसोसियसनका सचिव अरुण मण्डल भन्छन्,‘यहाँबाट हरेक वर्ष तीन हजार मेट्रिकटन भुँइकटर निर्यात हुन्थ्यो, तर यसपाली निर्यात गर्दैनौं, यो नोक्सानीको भरपाईका लागि भारतकै अन्य राज्यमा बजार खोज्नेछौं, सरकारसँग पनि यहि क्षेत्रमा फलफुल प्रोसेसिङ उद्योगको माग गरेका छौं ।’

Advertisement

Advertisement

Advertisement