भारतमा चिनियाँलाई ठेक्का पट्टामा भाग लिन पनि रोक

Advertisement

काठमाडौं । अब भारतमा चिनियाँ कम्पनीहरुले ठेक्का पट्टामा भाग लिन नपाउने भएका छन् । भारतका परिवन मन्त्री नितिन गडकरीले अब भारतीय सडक परियोजनाहरुमा चिनियाँ कम्पनीहरुले ठेक्का नदिने घोषणा गरेका हुन् ।

गलवान घाँटीमा दुई देशका सेनाबीच भएका संघर्षमा २० भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँ समान बहिष्कारको लहर नै चलेको छ । भारतले ५९ वटा चिनियाँ एप्सहरुमा रोक लगाईसकेको छ ।

दोश्रो कदमका रुपमा भारतीय सडक परियोजनाहरुको ठेक्कामा चिनियाँ कम्पनीहरुले भाग लिनै नपाउने व्यवस्था गरिएको हो । मन्त्री गडकरीले लघु तथा साना एंव मझौला उद्योगहरुमा पनि चिनियाँ लगानीमाथी रोक लगाइनेछ ।

Advertisement

Advertisement

Advertisement