दुई साता नपुग्दै फेरि इन्धनको मूल्यवृद्धि

Advertisement

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले दुई साता नबित्दै इन्धनको मूल्यवृद्धि गरेको हो ।

निगमले यसपटक व्यवसायीलाई मनग्यै नाफा हुने गरी मूल्यवृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा १–१ रुपियाँ वृद्धि गरिएको हो । यसअघि निगमले पेट्रोल ५ रुपियाँ र डिजेल तथा मट्टीतेलमा २–२ रुपियाँ मूल्यवृद्धि गरेको थियो ।

मूल्यवृद्धिपछि उपत्यकामा पेट्रोल प्रतिलिटर १०२ रुपियाँ प्रतिलिटर तथा डिजेल र मट्टितेल प्रतिलिटर ८८ रुपियाँ पुगेको छ । शुक्रबार साँझ निर्णय गरेर मूल्यवृद्धि गर्दा पेट्रोलपम्प व्यवसायीलाई राम्रो फाइदा पनि पुग्छ । शुक्रबार धेरै इन्धन बिक्री हुन्छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार मूल्यवृद्धि गरेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement