नयाँ पेट्रोल पम्प चलाउन पेश भएका १ हजार २५ आवेदन रद्द, निगमले पुनः प्रक्रिया अघि बढाउने

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले नयाँ बिक्रेता(पेट्रोल पम्प) नियुक्तिका लागि मुलुकभरबाट पेश भएका आवेदन रद्द गरेको छ ।

निगमले आज पत्रकार सम्मेलन गरी २०७६ बैशाख १७ र भदौ १० गते सार्वजनिक गरिएको सूचनाका आधारमा प्राप्त भएका १ हजार २५ निवेदन रद्द गरिएको जनाएको हो ।

नयाँ बिक्रेताका लागि प्राप्त धेरैजसो निवेदनहरु हाल पेट्रोल पम्प भइरहेको स्थानमा परेकाले यथास्थितिमा नयाँ विक्रेताहरु नियुक्त गर्नु उपयुक्त नदेखिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

आवेदनहरु रद्द भएसँगै निगमका सम्बन्धित कार्यालयमा सम्पर्क गरी जम्मा गरेको निवेदन शुल्क आवश्यक प्रक्रिया पुर्याएर फिर्ता लैजान समेत पत्रकार सम्मेलन मार्फत आग्रह गरेको हो ।

साथै, आगामी दिनमा निगमले साधारण बिक्रेता नियुक्ति प्रक्रियालाई समय सापेक्ष र थप व्यवस्थित बनाउँदै व्यवसायिक योजना समेत माग गरेर पुनः प्रक्रिया अगाडि बढाउने समेत निगमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement