स्वास्थ्य मन्त्रालयको दावी– धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ, मुस्ताङ कोरोनामुक्त भयो

Advertisement

काठमाडौं। देशभर सोमबार १४४ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । थपिएकासहित कुल संक्रमित संख्या १६ हजार नौसय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म १० हजार दुई सय ९४ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्केको बताए । कोरोना सक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । मन्त्रालयले धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको दावी गरेको छ ।

Advertisement

Advertisement

Advertisement