एलजीको वासर ड्रायर वासिङ मेसिन बर्खाका लागि थप उपयोगी

Advertisement

काठमाडौं । वर्षायाम सुरुवात भएसँगै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक वृद्धि भएको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्डका सामानहरु नेपालमा चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्सले बिक्री गर्दै आएको छ । कम्पनीले ल्याएको यस वासिङ मेसिनको मोटरमा १० वर्ष वारेण्टी रहेको छ भने एलजीको वासिङ मेसिनबाट लुगा धोएपछि ९९.९ प्रतिशत एलर्जी मुक्त हुने जनाएको छ ।

ट्रु स्टिम टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउछ । यस टेक्नोलोजिले वासिङ मेसिनको ड्रमलाई धेरै दिशामा घुमाउने र कपडालाई उचित हेरचार प्रदान गर्ने, जसले गर्दा कपडा एकदमै सफा हुने कम्पनीको विज्ञप्तिमा जनाइएको छ ।

एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन् । जसमध्ये वासर ड्रायर वासिङ मेसिनका मोडेलहरुले ८ देखि १८ केजि सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केही समयमै सुकाउने क्षमता राख्छ ।

सोही विशेषताका कारण वर्षायाममा भिजेको कपडा सुकाउने, दुर्गन्ध आउने, लुगा खराब हुने जस्ता समस्याबाट सजिलै मुिक्त पाउन सकिने कम्पनीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement