सामाजिक सञ्जालमा आलोचनाको शिकार भएकी दीपालाई राहत, सात संस्था उभिए पक्षमा

Advertisement

काठमाडौँ । राजेश हमाललाई महानायक नभएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचनाको शिकार भएकी कलाकार दिपाश्री निरौलाको पक्षमा चलचित्र क्षेत्रकै सात वटा संस्था उभिएका छन् ।

दीपालाई लक्षित गर्दै तथानाम गालीगलौज र अश्लिल शब्द प्रयोग हुन थालेपछि चलचित्र क्षेत्रका सात संस्थाले यस्तो हर्कत बन्द गर्न चेतावनी दिएका छन् । दीपाविरुद्ध गालीगलौज नरोकिए साइबर कानुन अनुसार कारबाही प्रक्रियामा जाने ती संस्थाहरुले आफ्नो संयुक्त वक्तव्यमा जनाएका छन् । राजेश हमाललाई राज्यले नै महानायक उपाधि नदिए पनि महानायक भन्ने गरिएको छ । दीपाले उक्त उपाधिप्रति प्रश्न उठाएकी थिइन् ।

चलचित्रसँग सम्बन्धित संस्थाहरु नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले जारी गरेको संयुक्त वक्तव्यमा कुनै अभिव्यक्तिको टिप्पणीलाई लिएर सिंगो चलचित्र जगत अफवाहपूर्ण कुतर्क र एकअर्काको मानमर्दनमा लागनु दुखद हो भन्दै आफ्नो स्वतन्त्रताको उपभोग गर्दा पेशागत मर्यादा, सामाजिक मर्यादा, आपसी भाइचारा, सदाचार र संयमतालाई समेत मध्यनवर राखी अभिव्यक्ति दिन आग्रह गरेका छन् ।

यस्तो छ वक्तव्यः

Advertisement

Advertisement

Advertisement