राजश्वको ‘एक्सन’: सैंतीस करोड ८० लाख राजश्व चुहावट गर्ने २ फर्म विरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । नक्कली मूल्य अभिबृद्धी कर बिजक प्रयोग गरी ३७ करोड ८० लाख राजश्व छली गर्ने २ फर्म विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनलका सञ्चालक बिरुद्ध सोमबार उच्च अदालत पाटमा मुद्दा दर्ता गरेको हो ।

ती दुई फर्मले मूल्य अभिबृद्धी करतर्फ १२ करोड ४२ लाख २८ हजार ६ सय १७ रुपियाँ, आयकर तर्फ २२ करोड ८० लाख ५९ हजार ३ सय ९ रुपियाँ र लाभांश कर तर्फ २ करोड ५७ लाख ४० हजार ७ सय ७३ रुपियाँ राजश्व चुहावट गरेको पाइएको छ ।

युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनलले वस्तु तथा सेवा खरिद नै नगरी झुट्ठा तथा नक्कली मूल्य अभिबृद्धी कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धी कर र आयकर समेतको राजश्व चुहावट गरेको पाईएपछि कूल ३७ करोड ८० लाख २८ हजार ७ सय रुपियाँ बिगो रकम असुल गरी जरिवाना र कैद सजायको माग दाबी सहित उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement