आईएमईबाट बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा, अब झनै सजिलो

Advertisement

काठमाडौँ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै ( रियल टाइम) जम्मा हुने भएको छ ।

अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालका पचास भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईको सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महत्वपूर्ण कदम भएको दाबी गरेको छ ।

यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ ।

Advertisement

Advertisement

Advertisement