छ अर्ब ६० करोड  राजश्व चुहावट गर्ने बिरुद्ध राजश्वले गर्यो मुद्दा दर्ता

Advertisement

काठमाडौँ । राजश्व अनुसन्धान विभागले छ अर्ब ६० करोड भन्सार, मूल्य अभिबृद्धी कर र आय कर चुहावट गर्ने फर्म विरुद्ध मुद्दा दर्ता गरेको छ । फर्म सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तहरुबाट बिगो असुर असुल, जरिवाना र कैद सजाय समेतको माग दाबी सहित विभागले आज उच्च अदालत पाटनमा ४ वटा मुद्दा दर्ता गरेको हो ।

काठमाडौँ  महानगरपालिका वडा नम्बर १७ सोह्रखुट्टेमा सञ्चालनमा रहेको हाइटेक इन्टरनेशनल प्रालिका समेत २ जनालाई राजश्व चहावट गरेको अभियोनमा २ अर्ब ४२ करोड ९८ लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

मालवस्तु भन्सार बिन्दुबाट पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी चौरी पैठारी गरी कारोबार स्थलमा राखेको, धेरैजस्तो मालवस्तुको लुज बिज जारी गरी वा न्यून बिजकीकरण गरेको र सरकारलाई बुझाउनु पर्ने भन्सार, मूल्य अभिबृद्धी कर तथा आयकर छलि गरेको पाइएपछि मुद्दा दर्ता गरेको हो ।

उक्त फर्मले भन्सार चुहावटतर्फ १ अर्ब ७१ करोड, ५६ लाख २८ हजार १ सय ११ रुपियाँ, मूल्य अभिबृद्धी करतर्फ ५९ करोड २८ लाख १३ हजार ८० रुपियाँ र आय कर तथा लाभांश करतर्फ १२ करोड १४ लाख ३४ हजार ९ सय ४९ रुपियाँ राजश्व चुहावट गरेको विभागले ठहर गरेको छ ।

यसैगरी ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपामा सञ्चालनमा रहेका जेएसइस मोबाइल एण्ड सर्भिसेज प्रालि, श्री श्याम इम्पेक्स र श्यामबाबा इन्टरप्राइजेजका सञ्चालक/प्रोप्राइटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजश्व चुहावट गरेको अभियोगमा १ अर्ब ३९ करोड ७ लाख बिगो दाबी सहित मुद्दा दर्ता गरिएको छ ।

यी फर्महरुले पटक पटक भन्सार नतिरी अबैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ, लगायतका इलेक्ट्रोनिक्स समान ल्याई बिलबिजक जारी नगरी बिक्री गरेको पाइएपछि राजश्व चुहावट गरेको पुष्टी भएको हो । ती कम्पनीहरुले भन्सार चुहावटतर्फ १ अर्ब १ करोड ९८ लाख २३ हजार ७ सय १७ रुपियाँ, मूल्य अभिबृद्धी कर तर्फ ३२ करोड २४ लाख ६३ हजार ३९ रुपियाँ र आयकर तथा लाभांश कर तर्फ ४ करोड ८५ लाख १५ हजार २ सय १९ रुपियाँ राजश्व चुहावट गरेको विभागको दाबी छ ।

त्यसैगरी बैष्णो ट्रेड कन्सर्न समेतका ९ वटा विभिन्न फर्मका सञ्चालक/प्रोप्राइटर/मुख्य कारोबारी समेत १९ जनाले २ अर्ब १६ करोड ६५ लाख ४९ हजार ५ सय ३१ रुपियाँ र जयमाताजी इन्टरप्राइजेज समेतका ४ वटा फर्मका सञ्चालकहरु समेत ३ जनाले ६१ करोड ५४ लाख २२ हजार ३ सय ९५ रुपियाँ राजश्व चुहावट गरेको पाइएपछि मुद्दा दर्ता गरेको विभागले विज्ञप्ति मार्फत जनाएको छ ।

Advertisement

Advertisement

Advertisement