ओपोका १२५वाट फ्ल्याश चार्ज, ६५ वाट एयरभोक वायरलेस फ्ल्याश र ५०वाट मिनी सुपरभोक चार्जर बजारमा

Advertisement

काठमाडौँ । ओपोले आज आधिकारिक रुपमा १२५वाट फ्ल्याश चार्ज, ६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्ज, अल्ट्रा(स्मल पोर्टेबल ५०वाट मिनी सुपरभोक चार्जरका साथै, ११०वाट मिनी फ्ल्याश चार्जर सार्वजनिकको घोषणा गरेको छ ।

सार्वजनिक गरिएको १२५वाट फ्ल्याश चार्ज प्रविधिले मोबाइल फोन उद्योगमा फ्ल्याश चार्ज प्रविधि क्षेत्र अन्तर्गत नयाँ सफलताको प्रतिनिधित्व गरेको छ । उन्नत एन्क्रिप्सन अल्गोरिथम र नियन्त्रित तापमान नियन्त्रक रेगुलेटर्सका साथमा यसले फ्ल्याश चार्जिङ उपकरणहरुमा सुरक्षाका साथै सटिकता प्रदान गर्छ ।

६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्जले प्रयोगकर्तालाई वायर्ड चार्जिङका तुलनामा अझ तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउँछ । पहिलो पटक सार्वजनिक गरिएका ५०वाट मिनी सुपरभोक चार्जर र ११०वाट फ्ल्याश चार्जर ओपोको भोक फ्ल्याश चार्ज प्रविधि अन्तर्गत पृथक नवप्रबर्तनहरु हुन् । यिनमा समाविस्ट गरिएका हल्का, पातला तथा पोर्टेबल विशेषताका कारण यस प्रविधिलाई उच्च शक्ति सहितका चार्जरहरुको क्षेत्रमा अग्रणीको पहिचान दिलाएको छ ।

ओपोका चिफ चार्जिङ टेक्नोलोजी साइन्टिस्ट, जेफ चाङ्गले भने, ‘ विश्व बजारमा फाइभजीको तीब्र रोलआट र अत्यधिक उर्जा खपत गर्ने गेमिङ तथा भिडियो एप्सले मोबाइल फोन तथा प्रयोगकर्ताको चार्जिङ अनुभवका क्षेत्रमा नयाँ चुनौति थपिएको छ । सन् २०१४मा भोक फ्ल्याश चार्ज सार्वजनिक गरेदेखि नै ओपोले फास्ट चार्जिङ विकासका क्षेत्रमा आफ्नो अग्रता कायम राख्दै आएको छ । हाई पावर, ताररहित र अल्ट्रा(स्मल चार्जिङ प्रविधिका क्षेत्रमा पनि आफ्नो विशेषज्ञता र भूमिकालाई निरन्तरता दिँदै प्रयोगकर्तालाई सुरक्षित, सदृढ र सहज अल्ट्रा(फास्ट चार्जिङ अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”

Advertisement

Advertisement

Advertisement