लघुवित्त कम्पनीले १५ प्रतिशत ब्याजमै ऋण दिने

Advertisement

काठमाडौं । लघुवित्त कम्पनीका ऋणिहरुले राहत पाएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुले १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत लघुवित्त कम्पनीको ब्याज सिमा १५ प्रतिशतमा सिमित गरिदिएका हुन । हालसम्म लघुवित्त कम्पनीहरुले १८ प्रतिशतसम्म ब्याज लिदै आएका थिए । अब भने त्यस्ता ऋणिहरुले १५ प्रतिशत भन्दा कम ब्याजमै ऋण पाउनेछन् ।

लाइसेन्सको पर्खाईमा रहेका लघुवित्त कम्पनीहरुलाई अब लाइसेन्स नदिने नीति पनि राष्ट्र बैंकले लिएको छ ।त्यस्तै, लघुवित्त कम्पनिहरुले कुनै पनि कम्पनीको शाखा नभएका वडामा मात्रै शाखा खोल्न पाउने व्यवस्था पनि गरिएको छ ।

Advertisement

Advertisement

Advertisement