शेखर गोल्छालाई सघाउने खालको टिम आएन भने महासंघ झन कमजोर भएर जान्छ

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा अघिल्लो पटक नै अहिलेको उपाध्यक्षको लागि साथीहरुले मलाई प्रस्तुत गर्नुभएको थियो । र, मैले हुन्छ पनि भनेको थिएँ । मैले दुई बर्षअघि प्रचारप्रसार पनि सुरु गरें । म लेखक भएकाले लेख्ने पनि काम गरें । मेरै आफ्नो अभियान सञ्चालनका क्रममा देशका विभिन्न ठाउँमा पनि पुगें । लगत्तै लकडाउन भइदियो । लकडाउनमा गइसकेपछि मैले नयाँ सोचको विकास गरें । साथीहरुको बीचमा पनि भर्चुअल्ली धेरै कुराहरु भयो । त्यस क्रममा मलगायतका धेरै साथीहरुले के भन्यौं भने महासंघलाई शुद्धीकरण गर्नुपर्ने छ । र, सुदृढीकरण पनि गर्नुपर्ने छ । त्यसको एउटा योजना बनाऔं भन्यौं । साथीहरुको कुरा पनि सुनेपछि मैले भनें, ‘पहिला त्यगौं, अनि सँगै लिएर जाउँ’ भनेर मैले उपाध्यक्ष पद छोडेको हो ।

मेरो अर्को नारा के थियो महासंघलाई सुधार गर्न जहिल्यै पनि कानुन मिचेर चुनाव लड्ने । अर्को के छ भने सम्वन्धित क्षेत्रबाट नआएको मानिसलाई पदमा राख्ने । अहिले जिल्ला नगरबाट उठेका एउटा मानिस जिल्ला नगरबाट नभएर काठमाडौंबाट आएका छन् । उसले जिल्ला नगरको अध्यक्ष भएर चलाएकै छैन् । म एउटा विधि र पद्दतीमा चल्नुपर्छ भन्ने मान्यताको मानिस हो । रुल पनि गर्नुपर्छ र रुलिङलाई पनि मान्नुपर्छ । जिल्लाको उपाध्यक्ष हुनका लागि जिल्लाकै पृष्टभूमिबाट नआएको मानिसलाई बनाउनु हुन्न भन्ने हो । मेजालाई टाउकोमा ल्याएर टोपी भनिन्छ भने म त्यसलाई मान्दिन् । अर्को क्याप (चन्द्र ढकालको टिम)बाट उपाध्यक्ष उठेको (गुणनिधि तिवारी) जिल्लाबाट उठेकै मान्छे होइन् । उसको उम्मेदवारीविरुद्ध मैले दिनेश श्रेष्ठ (किशोर प्रधानको टिमबाट जिल्ला नगरको उपाध्यक्षको उम्मेदवार)लाई मैले समर्थन गरेको हो । यहाँनेर मैरो सैद्धान्तिक कुरा हो । त्यसकारण मैले एक कदम पछि हटेर दिनेश श्रेष्ठलाई समर्थन गरेको हो । काठमाडौं जिल्लामा उद्योग बाणिज्य संघ नभएको बेलामा उहाँले दुःख गरेर स्थापना गर्नुभयो । जिल्लाको बारेमा लामो अनुभव र ज्ञान पनि छ ।

अर्को कुरा रह्यो टिमको । महासंघको यो ५४–५५ बर्षको इतिहासमा महासंघको कार्यालयको भित्तामा हेर्नुस, त्यहाँ जिल्लाकै पृष्टभूमिबाट उठेर आएको मानिसको फोटो छैन् । जहिले पनि कर्पोरेट हाउसका मानिसहरुले भरियाहरु बोकेर, भरियामार्फत जिल्ला जिल्लाका साथीहरुलाई दोहन गरेर अध्यक्ष बनाएको अवस्था हो । ठिक छ ठूला उद्योगी व्यापारीबाट दुई वटा हुँदा एउटा जिल्लाबाट त आउनुपथ्र्यो । त्यो भएकोले जिल्लाबाट आउने एउटा इमान्दार व्यवसायीले समग्र निजी क्षेत्रलाई नेतृत्व गर्ने एउटा अवसर आएको छ । यो अवसरलाई सबैले साथ र सहयोग गर्नुपर्छ । म जिल्लानगरबाट आएको व्यक्ति भएकाले किशोर प्रधानलाई समर्थन गरेको हो । मैले चाहें भने एशोसियटबाट पनि लड्नसक्थें । म ठूलो उद्योगी पनि हो । तर मैले गरिन् । किनभने म जिल्लानगरको पृष्टभूमिबाट आएको हो । मलाई जे कुराको ज्ञान छ, त्यसैको भूईं उठाउने हो । अहिले किशोर दाईले जे पृष्टभूमि राख्नुभएको छ, झण्डै तीन दशक लामो उर्जावान समय चेम्बर आन्दोलनका लागि दिनुभएको छ, उहाँलाई अहिले वरिष्ठ उपाध्यक्ष बन्न दिनुपर्छ भन्ने मरो मान्यता हो । यसमा सबै साथीहरुले एक पटक मनन् गर्ने बेला आएको छ । विवेक प्रयोग गर्ने बेला आएको छ । यतिबेला मेरो र तेरो टिम भन्ने होइन् । शुद्धीकरण गर्ने कुरामा मेरो भनाई के हो भने शेखर गोल्छाका लागि चुनाव जितेर गएर यो हुन्छु भन्ने बेलामा त्यो नभनीरहेको बेला छ । शेखरले जसलाई बोक्यो, उसलाई टिम बनाइदिए भन्ने जुन प्रचार भइरहेको छ, यो गलत प्रचार हो । मेरो उम्मेदवारी शेखर गोल्छाका लागि हो । यो कार्यकाल शेखर गोल्छाको नेतृत्वमा, उनको भिजनमा निजी क्षेत्रका लागि काम गर्छु भन्ने हुनुपर्ने हो । त्यो नभएर शेखर गोल्छालाई एउटा टिमको बनाइदिने जुन प्रक्रिया हो, त्यो ठिक छैन् । झेलै बोकेको भरमा खोलो अर्कैले कटाइदिन्छ भन्ने प्रवृत्तिको व्यक्तिहरु स्थापित हुने परम्पराको विरुद्धमा शुद्धीकरण अभियान हो ।

यो निर्वाचन शेखर खोल्छालाई सघाउँछु भनेर आउनेहरुको निर्वाचन हो । कसैले मेरो दल भन्छ भने उसले शेखर गोल्छाको कार्यकाललाई दुःख दिन्छ । उद्योग बाणिज्य महासंघलाई कमजोर बनाउँछ । म अपिल गर्छु महासंघलाई कमजोर बनाउनेहरुलाई समर्थन नगर्नुस् ।

मौद्रिक नीति राम्रो छ, तर कार्यान्वयनमै समस्या छ, कार्यान्वयन हुन्न भने त्यसको अर्थ छैन्
नेपालको अर्थतन्त्र चलाउने जुन प्रक्रिया छ, त्यो प्रक्रियाको बीचको कम्युनिकेशनको ठूलो ग्याप छ । जुन नीति आउँछ, त्यसलाई पछ्याएर लगानीकर्ताहरुले लगानी गर्ने विश्व प्रचलन छ । गत बर्ष भ्रमण बर्षका लागि सरकारले एउटा नीति लिएर आयो । त्यसले धेरै लगानीकर्ताहरु आकर्षित भए । त्यो के हो भने पर्यटन र त्यसका लागि चाहिने पूर्वाधार हो । त्यो पूर्वाधार भनेको एउटा होटल पनि हो । होटलका लागि थुप्रै लगानीहरु भए र थुप्रै पाइपलाइनमा पनि थिए । यो बीचमा कोरोना आयो । सरकारले अहिले ल्याएको बजेटबाट निराश भइरहेका व्यवसायीहरुलाई अहिले आएको मौद्रिक नीतिले थोरै राहत महशुस गराएको छ ।

तर, यहाँ त्रिकोणात्मक द्धन्द्ध छ । एउटा के भने साच्चिकै पीडितहरु को हो ? राज्यसँग त्यसको सुचना निकाल्ने प्रक्रिया नै छैन् । राज्य निजी क्षेत्रलाई विश्वास गर्दैन् । उसँग तथ्यांक पनि लिँदैन् । यो स्थितिमा मौद्रिक नीति कसरी भुईंमा पुग्छ ? यहाँ सरकार र निजी क्षेत्र मिलेर काम गर्नसक्ने संभावना थियो । महासंघसँग ७७ जिल्लामा फैलिएको १२४ वटा जिल्ला नगर उद्योग बाणिज्य संघ छ । त्यसपछि हामीसँग ठूला उद्योगी भनेर वस्तुगत र एशोसियटरुपमा आवद्ध उद्योग व्यवसायहरु छन् । अरु पनि व्यवसायिक संस्था पनि छन् । यी संस्थाले संकलन गरेको तथ्यांक राज्यले लिनुपर्यो । स्क्रिनिङ गर्नुपर्यो । र रियल भिक्टिम निकाल्नुपर्यो । त्यसको आधारमा राज्यले खर्च गर्न लागेको पैसाको सही सदुपयोग हुनुपर्छ ।

खर्च गर्नुभन्दा एक कदमअघि सरकारलाई हामीले के सम्झाउनुपर्छ भने सरकारले विगतमा पनि कृषि कृषि कृषि भनेकै हो । कृषि भन्दै गर्दा पनि सरकारले बाँडेको पैसा कृषिसम्म पुगेन् । सरकारले बाँडेको पैसा गलत मानिससम्म पुग्यो भनेर फिर्ता लिएको अवस्था छ । त्यो भनेको के भने हाम्रो वितरण प्रणाली ठिक छैन् । अहिले सरकारले मौद्रिक नीति त ठिक ल्यायो । तर वितरण प्रणाली ठिक नभएकाले लक्षित वर्गमा पुग्छ कि पुग्दैन् ? भन्ने आशंका छ । मौद्रिक नीतिले केलाई समात्नुपर्छ ? भने पीडितसम्म पुग्ने संरचना बनाउनुपर्यो । त्यसका लागि कामै भएको छैन् ।

दोस्रो हामीले पूरै नेपालबाट अदक्ष जति कामदार बाहिर गएका थिए, उनीहरु अर्धदक्ष भएर नेपाल फर्किरहेका छन् । उनीहरुलाई विमानस्थलमै राखेर फर्म भराउने उनीहरुको अनुभव र ज्ञानको तथ्यांक तयार गर्नुपथ्र्यो । तपाईं कुन जिल्लाको हो ? बाहिर हुँदा के कामको दक्षता हाँसिल गर्नुभयो ? तपाईंको निजी सम्पत्ति के कति छ ? यस्ता विवरण लियो भने तत्काल निजी क्षेत्रलाई कहाँ कस्तो खालको कति मजदुर चाहिएको छ ? त्यो उपलब्ध गराउन सकिन्थ्यो । फर्किएकाहरु भीडमा गइसकेपछि कस्तो खालका मनिसहरु फर्किए ? कसरी थाहा हुन्छ ?

हामीले सरकारसँग आर्थिक विकासका लागि के सहकार्य गर्न खोजेको हो ? भने सरकार कुनामा बसेर काम गर्ने होइन् । सबै पक्षसँग सहकार्य गरेर काम गर्नुपर्छ । मिलेर काम गर्न निजी क्षेत्र जहिल्यै तयार छ । निजी क्षेत्र भनेको राज्यलाई कर तिरेर राज्यकै सुचनाको आधारमा व्यवसायमा लगानी गर्ने वर्ग हो । निजी क्षेत्र त्यो फ्रेमबाट कहिल्यै पनि बाहिर जाँदैन् ।

मैले ४० बर्ष व्यवसायिक क्षेत्रको अनुभव हासिल गरिसकेको छु । अहिलेको मौद्रिक नीतिले गर्दा अहिले जस्तो गोल्डेन अवसर कहिल्यै पनि आएको छैन् । यो अवसरलाई कसरी सदुपयोग गर्ने ? सरकार र निजी क्षेत्र कहाँ कसरी सहकार्य गर्ने ? त्यो कुरामा सरकारले कुनै चासो दिएको देखिन्न । सरकारसँग त्यस्तो के जादुको छडी छ र मौद्रिक नीतिका कुराहरुलाई वितरण गर्दिहाल्छ ? यही सरकार हो जसले २०७२ सालमा गएको भूकम्पलाई अहिलेसम्म सही ढंगले कार्यान्वयन सम्पन्न गर्न सकेको छैन् । राहत र पुनर्निर्माणमा थुप्रै समस्याहरु कायमै छ ।

नेपाल उद्योग बाणिज्य महासंघ भनेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था हो । सरकारपछिको सबैभन्दा ठूलो संरचना बोकेको संस्था जसको पाँच दशकभन्दा लामो इतिहास छ । हामी सरकारको एउटा साझेदार हौं । सरकारले पहिलो कुरा परम्परावादी सोचलाई छोड्नुपर्यो । त्यो सोचका कारण सरकारले वितरण गर्दा हाम्रो वा मेरो मान्छेलाई पुग्यो कि पुगेन ? भन्ने कुरामा अल्मलिएका हामी सरकारको एउटा साझेदार हौं । सरकारले पहिलो कुरा परम्परावादी सोचलाई छोड्नुपर्यो । त्यो सोचका कारण सरकारले वितरण गर्दा हाम्रो वा मेरो मान्छेलाई पुग्यो कि पुगेन ? भन्ने कुरामा अल्मलिएका छौं । त्यो भनेको के भने राज्य संयन्त्रबाट हुने नगद प्रवाह लक्षित मानिसहरुसम्म चुहावट नभईकन जानुपर्छ भन्ने हो । अहिले प्रक्रिया भनेको झन्झटिलो र चुहावट हुने खालको छ । हामीले देखेका छौं कोरोनापछि हातमा सुनको महंगो ब्रासलेट लगाएको मान्छे राहत थाप्न आयो ।

अहिलेको विषम परिस्थितिमा त्यो खालको स्थिति आउन दिनु हुँदैन् । नेपालको अर्थबजार सानो छ । हामीले अचानक ठूलो कुरा पनि गर्न सक्दैनौं । यो समस्यासँग हाम्रा दाताहरु पनि जुधेका छन् । कोरोनाको प्रभाव विश्वव्यापी भएकाले दाताहरुको सहयोग पहिला जस्तो आउँदैन् । त्यो भएकोले हाम्रो वितरण गर्ने पोको सानो हुन्छ । हामीलाई लयमा फर्किन तीन बर्ष जति लाग्छ पर्यटन क्षेत्र छोडेर । पर्यटनलाई पाँच बर्ष लाग्छ । हामीले निर्माणलाई चाँडै लयमा फर्काउन सक्छौं । यतिबेला हामीले खाद्यान्नमा आत्मनिर्भर हुनेदेखि व्यापार घाटा कम गर्ने कुरा गरिरहेका छौं । यस्तो बेलामा हामीले छिमेकीसँग झगडा गर्ने होइन् । आफ्नो देशको सीमालाई बलियो बनाउने र उत्पादनमा जोड दिने हो । हामीसँग भएको सुचना र प्रहरी बललाई प्रभावकारीरुपमा प्रयोग गर्ने हो । हामीले साइकल लिएर गएर रक्सौल र रुपैडियाबाट सामान बोकेर आउने प्रचलनलाई हटाउनुपर्छ ।

अहिलेको कोभिडले हामीलाई नयाँ सन्देश दिएको छ । कोभिड हामीसँग जति समस्या लिएर आएको छ, त्यत्ति नै संभावना पनि लिएर आएको छ । यो परिवर्तित अवस्था हो । यो बेलामा हाम्रो शिक्षादेखि डिजिटल प्रविधिमा परिवर्तन गर्नुपर्ने बेला छ । हाम्रो परम्परावादी सोच र कार्यशैलीलाई परिवर्तन गर्नुपर्ने बेला छ । त्यो स्थितिमा सरकारको कार्यशैली र निजी क्षेत्रको बीचमा समन्वय गरेर नयाँ ढंगले काम गर्नुपर्छ । सरकारले भन्यो भने देशव्यापीरुपमा हामी सञ्जाल निर्माण गर्न लाग्छौं । राजनीतिक दलका कार्यकर्ता राखेर वितरण प्रणालीलाई अघि बढाउँछु भन्यो भने मौद्रिक नीति खाल्टोमा पुग्छ । गरिव जनता सधैं गरिव नै हुन्छन् । म सधैं भन्छु, यदी हामीले गल्ती गर्यौं भने एउटा पाउरोटीका लागि एउटा नेपालीले अर्कोलाई कोटेको हेर्नुपर्ने दिन आउनसक्छ । यस्तो स्थिति हामीले अरु देशमा देखेका छौं ।