पाँच लाख राष्ट्रसेवक कर्मचारीको एक लाखको कोरोना बीमा यसै साता

Advertisement

काठमाडौं । सरकारले ५ लाख भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा यसै साता गरिदिने भएको छ । अर्थ सचिव शिशिर ढुंगानाले कोरोना बीमा सम्बन्धी कार्यविधि अन्तिम चरणमा पुगेकाले केहि दिन भित्रै राष्ट्र सेवकहरुको कोरोना बीमा गरिदिने बताए ।

‘कोरोना बीमा सम्बन्धी कार्यविधि मेरो हातमै छ, सम्भवतः आजै टुंगो लाग्छ र केहि दिनमै सबै राष्ट्र सेवक कर्मचारीहरुको कोरोना बीमा हुन्छ’, अर्थ सचिव ढुंगानाले कर्पाेरेट नेपालसँग भने । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमा ‘आगामी वर्षका लागि अस्थायी र करार लगायत सबै राष्ट्र सेवकको रु एक लाखसम्मको कोरोना बीमा निःशुल्क हुने व्यवस्था मिलाएको छु’, भनेका थिए । सोही अनुसार राष्ट्र सेवकहरुको निःशुल्क कोरोना बीमा गराउने तयारी अन्तिम चरणमा पुगेको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले पनि केहि दिनभित्रै राष्ट्र सेवक कर्मचारीहरुको कोरोना बीमा हुने बताए । ‘अर्थ मन्त्रालयसँग छलफल गरिसकेका छौं, अर्थबाट पत्र आउने वित्तिकै बीमा गराउने काम अघि बढाउँछौं’, चापागाईँले भने । निर्जीवन बीमा कम्पनीहरुले पुल मार्फत कोरोना बीमा गराईरहेका छन् ।

हाल करिब ८० निजामति तथा १५ हजार करार तथा अस्थायी कर्मचारी छन् । त्यस्तै, करिब ९५ हजार सेना, ६७ हजार ४ सय नेपाल प्रहरी र करिब ४० हजारको संख्यामा शसस्त्र प्रहरी र शिक्षकहरु समेतको कोरोना बीमा गरिंदैछ ।

सरकारले प्रति कर्मचारी ६ सय रुपैयाँ प्रिमियम तिरेर कोरोना बीमा गराउनेछ । जसबाट करीब ३० करोड प्रिमियम संकलन हुनेछ ।

Advertisement

Advertisement

Advertisement